ChorusCh.
परमेश्वरको चोखो वेदीमा चढ़ाउँछु यो मेरो जीवनलाई
मेरो सारा ह्रदयले, तपाईंलाई महिमा होस्-२
01
उचाल्छु मेरो दुइ हात धन्यवादको भेटी दिनलाई
मेरो सहारा येशू तपाईं, तपाईंलाई प्रशंसा होस्....
02
मेरो परमेश्वर मेरो चाहना तपाईंको वचन मेरो बत्ती
अन्धकारमा पनि ज्योति बन्छ, तपाईंलाई महिमा होस् ।
03
मेरो परमेश्वर मेरो सहारा, तपाईंको सेवा मेरो जीवन
निराशमा पनि आशा बन्छ येशू तपाईंलाई प्रशंसा होस् ।