01
फूलै राम्रा फूल्दछन् ईश्वरलाई देखाउँदछन्,
हाम्रा जीवन त्यस्तै छन् स्वर्गीक प्रेम देखाउँदछन्।
02
राती जुन र तारा छन् घाम दिउँसो चम्कन्छन्
हाम्रा जीवन त्यस्तै छन् स्वर्गीक प्रेम देखाउँदछन्।
03
सबै मानिस पापी छन् मुक्ति ख्रीष्टले दिँदछन्,
परमधाममा सुख चैन छन् मुक्ति पाउने तर्दछन्।
04
प्रेम ईश्वरले गरेछन् येशू पुत्र दिएछन्,
उनमा विश्वास गर्ने जन पापी सब बचाइन्छन् ।।