Hymn 249
हामी सबको, सृजनहारलाई
01
हामी सबको, सृजनहारलाई
खोजुँ भाई हो धुन लगाई भाई हो, खोजूँ सबले धुन लगाई।
ए बाबै-आमै, दाजै, दिदै बहिनी,
परमेश्वर पिताको, स्तुति गरूँ सबले मन लगाई - हो.….
गरूँ सबले मन लगाई भाई। (२)
02
जगत् सब पापी नरकुण्डको भागी,
भई गयौं दाजु भाई, भयौं नष्ट भयो संसारै।
साँचो मन लिई ईश्वर थाई,
घुँड़ा टेकूँ सबैले, भाई हो उद्धार गर्छ पिताले.….हो.….
उद्धार गर्छ पिताले ए भाई (२)
03
हामी सबको पापलाई उद्धारको लागि,
पिताले दिनुभो, जगमा प्रभुको अवतार भो।
कलवरी क्रूसमा हाम्रो लागि,
क्रूसैमा टाँगियो, हाम्रो सब पापलाई बोकायो.….हो.….
सब पापलाई बोकायो ए भाई (२)
04
सुख दुःख सबैमा सम्झना मनमा,
गरूँ ख्रीष्टको भाई सबैले, गरूँ बहिनी सबैले ।
प्रभुमा एक भई सबैसित मेल भई
फर्की जाऊँ पिता थाईं, सबैले, ध्यानै गरूँ पिताको.….हो.….
ध्यानै गरूँ पिताको भाई (२)
05
परीक्षादेखि जीत हुने शक्ति,
पाउँनेछौ आत्मादेखि, पाइन्छ एक-एक जनंगे माथि ।
विश्वास र आज्ञा प्रेम सबको चित्तमा,
राख ख्रीष्टको भाई सबैले, मुक्ति, पाउँछ निश्चय..…हो.….
निश्चय पाउँछ सबैले ए भाई (२)
06
संसारको दुःखले स्वर्गको सुख,
पाउँनेछौ सबैले, प्रभुलाई, पाई हाल्यौं सबैले।
सुखको भागी प्रभुको चरणमा,
विचारको दिनैमा, पाई राखौं, सबले मनैमा.….हो.….
राखँ सबले मनैमा ए भाई (२)
07
अब सहस्र सहस्र धन्य,
चढ़ाउँछौं सँधै नै, पिता पुत्र र आत्मालाई।
जनंगे सबको धन्यवाद ल्याई
त्रिएक परमेश्वरलाई, सँधैनै, हल्लेलूयाह आमिन।