Hymn 248
म अति निर्बल तपाईं प्रबल, कसरी हुनु पार,
01
म अति निर्बल तपाईं प्रबल, कसरी हुनु पार,
न देवी-देउता येशू नाउँ एउटा, नाउँ नै छ तारणहार। (२)
02
तूफानै भारी नाउ छ पारी, गराई देउ मलाई पार
भवसागर तर्नु केही शक्ति छैन, यीशु नाउँ तारणहार! (२)
03
यो नाउ भारी गरी देऊ पारि, विन्ती छ बारम्बार
सबैले जानोस् सबैले मानोस्, येशू नाउँ तारणहार। (२)
04
संसारै भरी पापैको भारी, उद्धार देऊ दीननाथ
बिलखबन्द रून्छौं शरण पर्छौं, आउँदैछौं तपाईं साथ। (२)
05
तपाईं छौ प्रेमी तपाईं छौ न्यायी, जगतका पालनहार
आत्मा देऊ प्रभु सबैलाई बुझ्ने, तपाईं हौ तारणहार ।। (२)