Hymn 247
नभर्म भाई हो दुनियाँको जालमा, नपर बहिनी शैतानको खालमा
01
नभर्म भाई हो दुनियाँको जालमा, नपर बहिनी शैतानको खालमा
त्यो हाम्रो साह्रो दुष्ट दुश्मन हो, त्यो छोड़नु साँच्चै भाई हो खुशमन हो।
02
मन फर्काऊ भाई हो यो पापैदेखि, पश्चताप गरौं रोई रोई हो कि
आशा ता गरौं भाई हो ख्रीष्टैमा, सुख पाउँछौं प्रिय भाई हो स्वर्गमा ।
03
छोड़ी देऊ भाई हो चाल चाल-चलन बुरो, न गर बहिनी नराम्रो कुरो
प्रेम गर्दै ख्रीष्टलाई पछ्याऊ, नराम्रो चाल र स्वभावलाई सच्याऊ।
04
प्रेम गर भाई सबसँग एकै, जय-जय होस् प्रभु यो तिम्रो आजै
मिली रह आपसमा सबैसँग, हेर म हुन्छु सब दिन तिमीसँग ।।