Hymn 246
गाईको गोठैमा आधा रातमा, पस्रियो मरियमको काखैमा
01
गाईको गोठैमा आधा रातमा, पस्रियो मरियमको काखैमा
सहनु महादुःख हामीलाई दिनु सुख, आउनुभो संसारमा हेरी हाम्रो दुःख ।
02
रूँदै हाँस्दै खेलकुद गर्दै, बालक भई बालक चाल चली
केही काम पनि तुच्छ नठानी, गर्यो सबै पिताको आज्ञा मानी।
03
मान्छे जस्तै परिक्षित भयौ, सबै प्रकारको दुःख सह्यौ
महा दुःख पायौ क्रूसमा मयौ, अन्तमा शैतानको थाप्लो कुच्यायौ।
04
धन्य पिता हाम्रो गत हेरी, जसले पुत्र दिनु भो पठाई
धन्य पुत्र पवित्र आत्मा, तीन व्यक्ति एक ईश्वरको होस् महिमा।।