Hymn 245
समुद्रको छालैसरी, संसारैको गत छ (२)
ChorusCh.
यो जग कहिल्यै छैन स्थिर……(२)
कहिले रूनु, कहिले हाँस्नु, छैन सदा स्थिर।
01
समुद्रको छालैसरी, संसारैको गत छ (२)
कहिले जन्म, कहिले मरण सराबरी चल्छ।
02
मेरो-मेरो जगले भन्छ मेरो छैन केही, (२)
हंसै उड़ी आत्मा लोकमा मट्टी हुन्छ देही ।
03
कर्कलोको पानीसरी ढलिजान्छ देही (२)
माया मोह धेरै-धेरै लाने छैन केही।
04
प्रभु हाम्रो स्वर्गे धनी टीठाई दर्शन देऊ (२)
जगत पापमा ढलिगयो, चिन्ने आत्मा देऊ ।। (२)