Hymn 244
सुन-सुन दाजु-भाई-म केही भन्छु,
01
सुन-सुन दाजु-भाई-म केही भन्छु,
प्रभु येशूजीको-सवाई कहन्छु।
संसारमा माता-पिता-भई यूसफ र मरियम,
देखाए उनले-स्वर्गेपूरको नियम ।
02
नासरत शहरदेखि आए बैथलेहममा,
युसफ र मरियम-भेला भए जम्मा।
सबै देशमा लोगका-घुँइचो थियो वहाँ
युसफ र मरियमले-जगह पाउँछन् कहाँ।
03
घुम्दै फिर्दै हिँड्दै-गाईको गोठैमा
युसफ र मरियमले - बास वहीं लाए।
सुन्नु हवस् दाजु-भाई, ईश्वरको कायदा
गाईको गोठैमा, - येशूजी भो पैदा ।
04
साँचो मनले ईश्वरलाई देख्दैन जसले
ईश्वरको कायदालाई बुझ्नुसक्छ कसले
एकले पुत्र दिइहाले- संसारैको लागि,
येशूजी आए-मेट्नु पापको दागी।
05
पापको कलंक मेट्नलाई-येशूजी आए,
गरीब दुःखी दाखी-मुक्ति शिक्षा पाए।
आऊ आऊ दाजु भाई-हामी पनि जाई जाऊँ,
मुक्ति नै पाउँछौ-साथैमा के लैजाऊँ।
06
संसारैका लोगलाई- फेकदैनन् कहिल्यै,
ख्रीष्टदेखि लोकका-न्याय हन्छ जहिले ।
प्रभु येशू आउनेछन्-स्वर्गदेखि झरी,
तयार होऊ दाजु-भाई- मुक्ति उद्धार पाई।
07
प्रभु येशूजीबाट - न्याय निश्चय हुन्छ,
मुक्ति पाउने जनंगे-स्वर्ग निश्चय तर्छ।
होइन-होइन जो भन्दै-जसले पापै गर्छ,
आइय्या-अत्थाव भन्दै- नरकमा होमी जल्छ ।।