01
जय प्रभु येशू जय स्वर्गे राजा
जय जय येशू वीर जय जगका राजा।
02
जय सुखदाता जय मुक्तिदाता
जय जय येशू वीर, जय शान्तिदाता ।
03
जय शान्तिदाता जय सबको भ्राता
जय जय येशू वीर, जय जगको त्राता ।
04
जय प्रभु येशू जय अविनाशी
जय जय येशू वीर, करूणा रासी ।
05
जय शान्ति प्रभुको अपरम्पार
जय हुन्छ जगमा सब संसार ।
06
जय प्रभु येशूको चरणमा पर्छौं
जय प्रभु येशू वीर हामी विन्ती गर्छौं।
07
जय प्रभु लिनुहोस् हाम्रो सब शक्ति
जय प्रभु शरण पाऊँ पापदेखि मुक्ति ।।