01
धन्य, धन्य परमेश्वर जगतकर्ता धन्य हौ (२)
स्वागत गरी तपाईंलाई स्तुति चढ़ाउँछौं,
अनेकौं ग्रह प्रकृति मानिस सबलाई बनायौ (२)
प्राणी सबलाई आशिष् दिई जगमा फैलायौं ।
02
हे नाथ प्रभु परमेश्वर मतभेद् हुन्थे जगतमा (२)
मानिस पापमा फँसेथे गर्दथे विलाप
दूतले भने स्वर्गमा हुन्छ सदा महिमा (२)
पृथ्वीमा खुशी हवस् मानिसमा मिलाप ।
03
तपाईं सबका स्वामी भई मुक्तिको मार्ग देखायौं, (२)
पापको अन्त गर्नलाई ख्रीष्टलाई पठायौ,
हुँदैन अन्त प्रणयको, प्रणयका लिप्त दयाले प्रभु (२)
धन्यवाद चढ़ाई स्तुति गाउँछौ परमेश्वरको ।
04
हे परमेश्वर तपाईंलाई यी क्षुद्र विनय चड़ाउँछौं (२)
पश्चतापी भई पापलाई प्रकाश गराउँछौं,
ती हाम्रा पाप सब क्षमा देऊ सदैव राख्नोस् तपाईं छेऊ, (२)
अन्तमा जगत छोड़ी आउँदा हाम्रो आत्मा लेऊ ।।