Hymn 240
धन्य धन्य प्रभु येशू, तिम्रो प्रेमको अपार
01
धन्य धन्य प्रभु येशू, तिम्रो प्रेमको अपार
दुःख क्रूस उदेकै लाग्छन्, आहा यो बात छ महान
छैन प्रभु कोई छैन तिमी जस्तै प्राणै दिने अति लाज-गाल
कष्ट सही आफ्नो प्राणै दिने ।
02
तिमी प्यारा तारणहारा, हाम्रो मुक्तिदाता
तिम्रो नाउंको जय गाउँछौं, प्रिय गुरू हे मसीह स्वामी
हाय ती प्रभु दियौ प्राणै, क्रूसमा अति कष्ट सही
हाथ नि प्रभु दियौ प्राण, क्रूसमा कष्ट सही।
03
येशू स्वामी जगत-धनी, बहुमूल्य त्राणी
हाम्रो पापको बन्धन तोड़ी, छुटकारा दिने मसीह स्वामी
हेर्ने भर्ने पाल्ने पोषने, नरलोकबाट बचाई राख्ने
अतिप्रिय स्वामी, प्रिय मुक्तिदाता ।
04
देऊ है प्रभु हामी सबलाई, ज्ञानै बुद्धि देऊ है
हामीहरू सबैदेखि आफ्नो राजको महिमा फैल्याऊँ
तिम्रो चरण हाम्रो शरण, जीवन भरि हवस् यो छ
प्रभु विन्ती प्रभु यही छ हाम्रो विन्ती ।।