01
जगत सृष्टि पालनकर्ता धन्य, ईश्वरदाता
धन्य, धन्य, प्रभु येशू जगतको त्राता नी धन्य !
ChorusCh.
भज मनलाई आऊ जन प्रभुकहाँ,
भज मनलाई भज मनलाई !
02
परमेश्वरको प्रथम वचन पुत्र दिउँला भनी,
साँच्चै प्रभु अवतार भए जगतको मणि नी धन्य !
03
तीसै वर्ष पुगेपछि प्रचार गरि हिँड़े,
प्रभु येशू महादाता अनन्त जीवन दिने नी धन्य !
04
अजम्मरे वचन सुनाई देश विदेश फिरे,
क्रूसको महा दुःख सही प्राणदान गरिदिए नी धन्य !
05
आऊ, पापी विश्वास गरी प्रभुकहाँ धाउ,
पापको मृत्यु जुवादेखि निस्तार दान पाउ नी धन्य !
06
प्रभुजीको दिव्य वचन दुःखी पापी आऊ,
दाऊदवंशी येशू ख्रीष्टको जय, जय स्तुति गाऊ नी धन्य !