Hymn 238
ईश्वर पिताले दिएको, दुई घर छन् हामीहरूको
01
ईश्वर पिताले दिएको, दुई घर छन् हामीहरूको
एउटा घर यस पृथ्वीलोकमा, अर्को छन् त्यस स्वर्गलोकमा ।
02
हर्ष साथ सोच गर्छु म यहाँ बसी नरलोक दुनियाँ घर,
तर आत्माले यही खोज्दछन्, सोही स्वर्गलोकको घर ।
03
थाहा छैनन् कसैलाई, कस्ता उज्जवल घर छन् त्यहाँ,
मुक्तिमार्ग चिन्ने आत्मा, पुग्दछन् वहाँ।
04
जस लोकको प्रकाश र आनन्द गर्न सक्छन् कसले बखान
त्यस पवित्र स्वर्गीय घरमा छन् अनन्त आनन्द ।
05
येशू ख्रीष्टको बाटोले, पिता हाम्रो प्रार्थना सुन
सुन जब यस घरलाई छोडु, गरूँ स्वर्गको दर्शन ।।