ChorusCh.
प्रभु अर्जी सुनि लेऊ, प्रभु अर्जी सुनि लेऊ
गोर्खालीले मुक्ति पाउने, ढोका खोलिदेऊ ।
01
पिता पुत्र धर्मात्मा, अर्जी हाम्रो लेऊन्
आगो मेघको खाँबो उभ्याई, बाटो देखाई देऊन ।
02
पूर्व, दक्षिण, पश्चिम दिशा, अनेक धर्मका लोग छन्,
उत्तर तिब्बत मध्ये नेपाल, गोर्खालीका कूर छन्।
03
थापाथलि भादगाउँ पाटन, काठमाण्डौ छन् शहर
तिनलाई तिम्रो भक्ति पार्नु, प्रभु हाम्रो रहर ।
04
उठ भाई हो जानै पर्छ, पचाई निन्दा लाज,
धन-जन चैन र सुख त्यागी, गर्नु धर्म काज ।।