Hymn 235
स्वर्गदेशमा मलाई जानु छ बैकुण्ठ शहर घुम्नलाई,
01
स्वर्गदेशमा मलाई जानु छ बैकुण्ठ शहर घुम्नलाई,
बटौरे साथी एउटा छ शहरको ढोका खोल्नलाई।
02
अब हिँड्छु म बाटै-बाटो उनले बाटो देखाउँछन् जुन,
ममाथि टिठाई ढोका खोल्ने ईश्वरका प्रिय पुत्र हुन् ।
03
सम्झ त्यो बाटो कस्तो छ जहाँ म अहिले हिँडनेछु,
सम्झ त्यो ढोका कस्तो छ जहाँ म अहिले पस्नेछु ।
04
त्यो स्वर्गीय बाटो साँगुरो छ मन अति कष्टित तुल्याउने
त्यो पस्ने ढोका साँगुरो छ मलाई यस शहरमा पुऱ्याउने ।
05
धर्म पुस्तक मेरो हातमा छ मलाई ठीक बाटो देखाउने,
प्रार्थनामा ख्रीष्टिय शक्ति छ त्यो ढोका पनि खोलदिने ।
06
धर्म-पुस्तकलाई म छोड़दिन म प्रार्थना गर्नु भुल्दिनँ
बैकुण्ठको अधिकारी नभई अब उसै म ता मर्दिन ।
36
भजनको संगालो