Hymn 234
जहाँ न तिर्खा भोक आदि, जहाँ न दिन र रात। (२)
ChorusCh.
जाँदैछु येशूकहाँ, हल्लेलूयाह भन्दै,
बोलाउँदैछ हामीलाई, पवित्र वचनले ।
01
जहाँ न तिर्खा भोक आदि, जहाँ न दिन र रात। (२)
जहाँ स्वर्गदूत स्तुति गाउँछन्, येशूको छेवैमा। (२)
02
रमाहट गर्दै स्तुति गाउँदै, अनन्त घरैमा। (२)
बसौंला सँधै स्तुति गर्दै, येशूको छेवैमा। (२)
03
हे दाज्यु-भाई, हे दिदी-बहिनी, नभूलौं त्यो घरलाई। (२)
जाऊँ हामी सबै स्तुति गर्दै, पापैलाई त्यागेर। (२)