01
क्रूस उठाई जब यात्रा पूरो गर्छु सकुशल त्यो सुन्दर किनार पुग्छु
मेरो पुज्य प्रभुको चरणमा पस्नेछु अनन्तको महिमामा ।
ChorusCh.
कस्तो आनन्द त्यो महिमा राखेको छ मेरो लागि,
सँधैँ प्रभुलाई देख्नेछु वहाँ महिमित हुन्छु सदा सर्वदा।
02
उनको अपार अनुग्रहको देनले ठाउँ पाउनेछु बैकुण्ठमा मैंले,
ख्रीष्टको दर्शन पाउँछु सँधै वहाँ पस्नेछु अनन्तको महिमामा ।
03
भेट्नेछु प्रियहरूलाई वहाँ आनन्दको घेरोमा हुन्छु त्यहाँ
हँसिला प्रभुको सँधै साथमा पस्नेछु अनन्तको महिमामा ।