Hymn 232
त्यो प्रेमको देश म हेर्दैछु, परमानन्दको ध्यान गरी,
01
त्यो प्रेमको देश म हेर्दैछु, परमानन्दको ध्यान गरी,
सब उज्यालो भई रहेको, महिमितको ज्योतिले भरी।
ChorusCh.
त्यो प्रेमको देश खुश आनन्दको छैन वहाँ रात संसारको
हिँड़दै जाँदा प्रेमको देशमा, छिट्टै हुन्छौं प्रेमको देशमा ।
02
त्यो प्रेमको देश शान्त छ सीमा, वहाँ छैन दुःख न पापको दाग,
वहाँ जो भेट्छन्, छुटिँदैन्, धर्मीहरू हुन्छन् भेटघाट।
03
छैन आसमान यहाँको जस्तो, रात नै फरक दिन नै फरक,
घाम लाग्नुलाई छैन दरकार, छँदै छैन अँध्यारो रात।
04
शोकको हावा वहाँ बग्दैन, त्यो सुख र शान्तको देशैमा
वहाँ जो पुग्छन् आसन पाउँछन्, ईश्वरको सँग त्यो देशैमा ।।