01
विश्वासद्वारा एक देश देख्दछौं, छ प्रातः कालभन्दा मनोहर
पिताले त्यहाँ गर्छन् स्वागत् पारेर हाम्रो वासस्थान तयार ।
02
गाउनेछौं त्यो सुन्दर किनारमा, स्तुतिगान गाएका सन्तगणको
क्लेशित हामी हुने छैनौं त्यहाँ, मेटिन्छ सुस्केरा शान्तिले।
03
न ता शोक न ता भोक छ त्यहाँ, मृत्युलाई विजयमा नाश गरी ।
पुछ्नेछन् सबै आँशु उनले, आफ्ना प्रियका नयनदेखि ।
04
कृपालु स्वर्गीय पितालाई अर्पण गर्छौं प्रशंसाको यो दान।
महिमित प्रेम र पवित्रता, दिनुभो जीवनभरि वरदान ।