01
आउनुहोस् हे इम्मानुएल ! बन्धनमा परेकालाई छुड़ाउनु
पापको सागरमा डुबेको संसारलाई आज बचाउनु ।
ChorusCh.
आनन्द! आनन्द! इम्मानुएल ! हाम्रो बीच आज आउनेछन्।
02
मृत्युको श्रापमा परेका तपाईंको सृष्टि मानिसलाई,
अनन्त जीवन दिनलाई, आउनुहोस् हे इम्मानुएल ।
03
हाम्रो अन्धकार ह्रदयमा, स्वर्गीय ज्योति दिनलाई,
शैतानको शक्ति तोड्नलाई, आउनुहोस् हे इम्मानुएल।
04
मानव ह्रदयको अशान्ति, र बेचैनी हटाउनलाई,
शान्तिको राजकुमार आउनुहोस्, धन्यको हे इम्मानुएल ।