Hymn 22
तीन ज्योतिषी हामी आयौं, पूर्वदेखि यात्रा गऱ्यौं,
01
तीन ज्योतिषी हामी आयौं, पूर्वदेखि यात्रा गऱ्यौं,
भेट चढ़ाउँन यी चीज ल्यायौं, तारालाई पछ्यायौँ ।
ChorusCh.
ओ, कति चम्किलो तारा, उज्जवल र सुन्दर तारा,
येशू हाम्रो जीवन तारा, सँधैं ज्योति दिनुहोस्
02
बेथलेहमको गाई-गोठैमा, जन्मेको येशू राजालाई,
सुनको भेटी यो चढ़ाउँछु, प्रणाम गर्छु उनलाई ।
03
धुपको भेटी म चढ़ाउँछु, ईश्वरको सत अवतारलाई,
प्रार्थना र प्रशंसा गर्छु, नया गीतहरू गाई ।
04
लोबान भेटी म चढ़ाउँछु, दृष्टान्त दुःखी जीवनको,
संकट, क्लेश, लाज र घृणा, यी सबले भरेको।
05
लौ भाई-बहिनी हामी सबै, येशू ख्रीष्टको दर्शन गरौं,
धन्यवाद दिँदै जय-जय गाउँदै, जीवन भेटी चढ़ाऊँ ।।