Hymn 21
शान्तिको कुमार जन्मे आज, बेथलेहम शहरमा,
01
शान्तिको कुमार जन्मे आज, बेथलेहम शहरमा,
प्रतिज्ञा पुरा गर्नलाई, ईश्वर अवतार भए,
पापीको उद्धार गर्नलाई, पापमोचन दिनलाई,
स्वर्गको सुखधाम त्याग गरी, नरलोकमा ख्रीष्ट आए।
02
हेर, स्वर्गको कस्तो उज्यालो, सुन स्वर्गदूतको गान,
संसारको मुक्ति भो भनी, स्वर्गलोकमा रमाहट,
गोठाला घुँड़ा टेक्दैछन्, प्रभुलाई पुज्दैछन्,
ज्योतिषी तारा हेर्दैछन्, गर्दैछन् रमाहट।
03
आउनुहोस् सबै प्रभुमा सब मिली हर्ष मनाऊँ,
के आघात प्रेम भो प्रभुको सबैले प्रेम गरौं।
सुन, लोबान, गन्द्रस पर्दैन, धनको दरकार छैन,
मन ईश्वरलाई अर्पण गरौं, उनकै पूजा गरौं।
04
हे ईश्वर! अवतार बालक ख्रीष्ट जय होस् तपाईंको नाउँ,
तपाईंको अवतार हुनाले, हाम्रो भयो उद्धार,
यो हाम्रो हर्ष मनाईमा, तपाईंको आशिष् होस्,
तपाईंको अनुग्रह कारण दुःख र शोक हुन्छ पार ।।