01
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो,
नानी आमाले सुताउँदा कोक्रो भयो डूँडैको,
नम्र मनकी आमा चैं येशू नानी उनैकै।
02
ईश्वर प्रभु स्वामी सबका आए जगमा अवतार भई,
उनको वास गाई गोठमा उनको कोक्रो त्यो डूँडै
कंगाल अनि हेला जो हाम्रो मुक्तिदाता भो।
03
येशू सानै बालकदेखि, दीन र आज्ञाकारी भो,
आमा चैं-लाई प्रेमले हेर्ने, काखमा जसको उ सुते,
ख्रीष्टियन बालक होऊ यस्तै आज्ञाकारी ख्रीष्ट जस्तै ।
04
हामी जस्तै बालक भए, दिन-दिन बढ़े हामी झैं,
कमजोर अनि लाचार थिए, रूनु-हाँस्नु सब उस्तै,
हाम्रो दुःखमा दुःखित छन्, हाम्रो सुखमा सुखी छन्।
05
पछि उनलाई देख्छौं हामी उनको प्रेमको कारणले,
यस्तो बालक नम्र प्रेमी, हाम्रो प्रभु स्वर्गीय,
आफ्ना सबै बालकलाई, लान्छन् जहाँ छन् आफैं।