01
सानो डूँडमा हेर भाई येशू जन्मे हामीलाई
हेर नम्र बाल-अवतार तादिको करार अनुसार ।
ChorusCh.
धन्य, सुखको दिन आयो धन्य, हाम्रो मुक्ति भो !
गाउँ संसारका सबै सृष्ट बेतलेहममा जन्मे ख्रीष्ट।
02
उनको ठाउँ र सिंहासन करूबीमका बीचमा छन्,
उनले सृजे सबै सृष्टि अहिले डूँडमा पस्ने ख्रीष्ट।
03
रूंगाई गर्दा गोठाला देखे ज्योति रातैमा,
भने दूतले, होस् मिलाप जन्मे ख्रीष्ट मेटाउनु पाप ।
04
प्रिय पुत्र ईश्वरको तपाईंको प्रेम कत्रो यो,
छोड्नु भयो स्वर्गे सुख, सहनुभयो महा दुःख ।
05
हे ख्रीष्ट अवतार सिकाउनोस् ह्रदय हाम्रो शुद्ध पार्नोस,
तपाईं जस्तै हुँदै जाऊँ मृत्युपछि स्वर्गमा आऊँ।।