01
येशूले सँधै राज गर्छन् जहाँ-जहाँ घाम लाग्दछ,
र जहिलेसम्म जून रहला उनैको राज छ जगतमा ।
02
के प्रार्थना सँधै गरिन्छ उनैको स्तुति गाइन्छ,
नाउँ उनको वास्ना धुवाँ झैं चढ़ाइन्छ बिहान सँधै ।
03
सब देशका मानिस गाउँछन् गीत उनको उदेकको प्रेम निम्ति,
बालक सुनाउँछन् उनको नाउँ र गर्छन् नित ख्रीष्टको विभव।
04
ख्रीष्टले जहाँ राज गर्दछ त्यहाँ आशिष् पाइन्दछ,
त्यहाँ सब दुःखितको उपकार त्यहाँ सब पापीको उद्धार ।
05
संसारले गरोस् धन्यवाद ख्रीष्ट राजाको गुणानुवाद,
स्वर्गमा बढ़ाई गरियोस् मानिसले भनुन् यस्तै होस् ।।