Hymn 225
टाड़ो देश र जंगलदेखि अफ्रिकाका सबै भाई,
01
टाड़ो देश र जंगलदेखि अफ्रिकाका सबै भाई,
ख्रीष्टको प्रेमले तानिएका क्रूसको छेउ निहुरनलाई।
02
गाउँ बस्ती र शहरदेखि खोज्दै येशू ख्रीष्टको नाउँ,
चीनको देशको मानिस आउँछन् उनमा पाउनु शरण ठाउँ ।
03
हिन्दुस्तानको मुलुकदेखि आउँछन् ठूलो नदी झैं,
क्रूसको कथा सुन्दै-सुन्दै ख्रीष्टको छेउमा बस्नलाई।
04
यूरोप देशका मानिस आउँछन् खोज्दै मुक्ति, विश्राम, त्राण,
येशू ख्रीष्टको प्रेमी हातमा सुम्पिदिनु आफ्नो प्राण।
05
जाड़ो देशका मानिस आउँछन् आउँदै-आउँदै पुग्दैछन्,
ख्रीष्ट छेउमा सँधै घाम लाग्छ कुशल, आनन्द सब पाउँछन्।
06
स्तुति गाउन येशू ख्रीष्टको स्वर्गमा पुग्छन् सबै प्राण,
हाम्रो गीत र हाम्रो भेला मिली जुली एक जहान।।