ChorusCh.
राजा यीशु आए राजा यीशु आए,
शैतानलाई जित्नुको लागि राजा यीशु आए (२)
01
पापको क्षमा पाइ हुन्छु सँधै म आनन्दित, (२)
मनलाई शुद्ध पार्नलाई राजा यीशु आए (२)
02
यस संसारमा पाप र दुःख हुन्छन् धेरै-धेरै (२)
साँचो शान्ति दिनलाई राजा यीशु आए (२)
03
यीशु ख्रीष्ट महाराजा महाप्रभु यीशु (२)
हल्लेलूयाह ! सबले भन राजा यीशु आए (२)