Hymn 223
आदिमा जुन प्रकार अँध्यारो र उजाड़, पार्नु भो नाश,
01
आदिमा जुन प्रकार अँध्यारो र उजाड़, पार्नु भो नाश,
त्यस्तै नै हे ईश्वर! सुसमाचारको घाम,
न पुगेको सब स्थान उज्यालै होस् ।
02
संसारमा आउनु भो सब लोकको लागि ल्याई अनुग्रह दान,
रोगी बिसेक गराई अन्धालाई दिई ज्योति,
हे ख्रीष्ट अब सबैलाई उज्यालै होस् ।
03
सत्यता र प्रेमको हे आत्मा पवित्र, ओर्लिई आउनुहोस्,
मानिसको ह्रदयमा अनुग्रह दान खन्याई,
अँध्यारो गर्नोस् क्षय उज्यालै होस् ।
04
हे पिता, पुत्र, आत्मा, धन्य, त्रिएक महान ! त्राणपूर्ण होस्,
सागर झैं प्रेम अपार जगतका दिशै चार,
सच्याउनलाई संसार उज्यालै होस् ।।