Hymn 221
जीवनको त्यो रोटी भाँचेर देऊ,
01
जीवनको त्यो रोटी भाँचेर देऊ,
जसरी भाँच्नु भो समुद्र छेऊ,
पवित्र पुस्तकमा खोज गर्दछु,
छु खोजी तपाईंकै हे प्राण प्रभु ।
02
जीवनको त्यो रोटी मलाई जुरोस्,
तपाईंको त्यो वचन मनमा बसोस्,
र सुध्रोस् मेरो मन हुँ परस्वार्थी,
सब मेरो बेहोरा तपाईंमाथि ।
03
त्यो वचन खोलिदेऊ म देख्न पाऊँ,
त्यो वचन खोलिदेऊ म बुझ्न पाऊँ,
तपाईंको संगतमा सँगै हिँड़दै
ममा तपाईंको रूप प्रकाश हुँदै ।
04
प्रभु सत्य अवतार आशीर्वाद देऊ,
जसरी रोटीमा गालीलको छेऊ,
तब बन्धन छुटला सांग्लो भाँची
शान्ति तब पाउँला सत्य शान्ति ।।