Hymn 220
राख्छु येशू ख्रीष्टको वचनमा विश्वास
01
राख्छु येशू ख्रीष्टको वचनमा विश्वास
उनैको नाममा सँधै महिमा होस्
मेरो गीत हो, सदा उनको स्तुति होस्
राख्छु ख्रीष्टको वचनमा विश्वास ।
ChorusCh.
राख्छु (३) ख्रीष्टको प्रतिज्ञामाथि भरोसा
राख्छु (२) म राख्छु उनको वचनमा विश्वास।
02
विश्वास छ त्यस वचनमा जो टल्दैन
दुविधा र भयको जब बाढ़ उठ्छ,
उनको जीवित वचनले म जित्ने छु
राख्छु ख्रीष्टको वचनमा विश्वास।
03
विश्वास गरी वचनमा म देख्दछु
पापलाई धोई दिने रगत येशूको
ख्रीष्टले दिए छुट्कारा म गीत गाउँछु
राख्छु ख्रीष्टको वचनमा विश्वास।।