Hymn 219
ईश्वरले आफ्नो पुत्रलाई संसारमा पठाए
01
ईश्वरले आफ्नो पुत्रलाई संसारमा पठाए
र क्रूसमा मरीकन हामीलाई बचाए
के दिनु ? के दिनु ? त्यो बड़ो प्रेमको साटोमा
के दिनु उनलाई म?
02
म अति सानो पाठोलाई, के उनलाई मनपर्छ ?
र मैंले दिएको थोक, उनले ग्रहण गर्छ ?
के दिनु ? के दिनु ? त्यो बड़ो प्रेमको साटोमा
के दिनु उनलाई म ?
03
म सधैं बाइबल पढ़छु, आज्ञाकारी हुनलाई
म सधैं प्रार्थना गर्छु, उनको इच्छा बुझ्नलाई
के दिनु ? के दिनु ? त्यो बड़ो प्रेमको साटोमा
अर्पन्छु सानो मन।
31
पवित्र धर्म शास्त्र