01
सिंगै संसारका बालक गाउँछन् गीत
पूर्व र पश्चिमदेखि स्तुति गाउँदछन्
येशूले भन्दछन् अगुवा साथी मीत
जसले बल, शक्ति, बुद्धि दिँदछन् ।
02
महासागर जहाँ बहँदछ
टापू वार-पार र त्यस्तै हुन्छ सधैं नै
उनको प्रेम-सागर जसले बचाउँदछन्
प्रभुको स्तुति गाउँछन् धेरै नै ।
03
तराईका बालक पनि गाउँदछन्
जहाँ हर जगह नदीले ठीक पार्दछ
जहाँ हर खेतमा सब अन्न पाक्दछन्
प्रभुको हातले खाना दिँदछन्।
04
जहाँ तपाईंको हर्ष र दर्शन
बालकले अहिलेसम्म पाएनन वहाँ
अनुग्रह हवस् र हवस् आत्मिक धन
हर्षको सामर्थ्य दिनोस् सबैमा।
05
सिंगै संसारका बालक गाउन् गीत
पूर्व र पश्चिमदेखि हवस् मिठो स्वर
येशूलाई भनुन् हरेक बालकको मीत
जसका बल, बुद्धि, दया छन् अग्घोर।