Hymn 207
ढुङ्गा हानी मार्न लाग्दा, क्षमा दिनसक्ने,
ChorusCh.
वीर वीरङ्गना युवाहरू, जरूरी छ यहाँ
जिउँदो बलिदान सक्रिय सेवक बन्नलाई यहाँ ।
01
ढुङ्गा हानी मार्न लाग्दा, क्षमा दिनसक्ने,
प्राण जाँदा स्वर्गीय ढोका, खोलिएको देख्ने,
हातमा मोटो काँटी ठोक्दा, प्यार गर्न सक्ने,
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ?
02
येशूको निम्ति दुःख सहँदा, रमाउन सक्ने,
हेलित बनी झ्यालखानमा पर्दा, गीत गाउने सक्ने,
गिल्ला निन्दा, अपमान गर्दा, आशिष दिन सक्ने,
युवा चाहिएको छ, के तिमी त्यो के तिमी त्यो युवा हौ ?
03
मेरो पछि लागभन्दा, झट्टै नै पछि लाग्ने,
त्यो ठाउँमा जाउभन्दा, बिना प्रश्न हिँड्ने,
उहाँको निम्ति सबै-सबै नै, आँफैसम्म त्याग्ने,
युवा चाहिएको छ, के तिमी त्यो युवा हौ ?