Hymn 205
जीवन यो हाम्रो सधैं नरहने, जानु छ एक दिन सबै (२)
01
जीवन यो हाम्रो सधैं नरहने, जानु छ एक दिन सबै (२)
पापलाई त्यागी ख्रीष्टलाई लिई (२) हुनेछौ मृत्युपार ।
02
लोभ गर्छौ, लालच गर्छौ संसारको सबै थोकलाई (२)
यी सबै थोक केही पनि होइन (२) हुनलाई मृत्युपार ।
03
जीवन यो तिम्रो प्रभुलाई देऊ भर्नेछ आशिषले (२)
संसारमा दुःख, मृत्युपछि सुख (२) पाउने छौ तिमीले ।