Hymn 202
ह्रदय वीणाको तार सजाई....... (२)
01
ह्रदय वीणाको तार सजाई....... (२)
स्तुति महिमा दिउँ मुक्तिदातालाई
आफ्नो सृजनहारलाई (५)
जय जयकार गरौं स्वरमा स्वर मिलाई।
02
ईर्ष्या र द्वेषको जालो फाड़ी....... (२)
एकताको सूत्रमा सबैलाई बाँधी
प्रेमको सन्देश बाँड़ी
कठिनाईलाई पर सारी.....।
03
अन्धकार यो भवको ज्योति अनि..... (२)
मिठास दिने नून बनी
हामी नून बनी
क्रूसलाई अल्गयाउँ साक्षी बनी।