Hymn 201
सुन्दरता भ्रमात्मक हुन्छ औ सुन्दरता उड़ेर जान्छ (२)
01
सुन्दरता भ्रमात्मक हुन्छ औ सुन्दरता उड़ेर जान्छ (२)
तर परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छिन् (२)
02
हातमा कुचो मुखमा प्रार्थना ह्रदयमा वचन छ
जहाँ गए पनि निःशङ्कोच भन्छिन् येशूमा जीवन छ (२)
साधारण नारीले पनि असाधारण काम गर्छिन् (२)
परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छिन् (२)
03
पीरको आँशु पिएता पनि मुहारमा मुस्कान छ
शरीरमा दुःख भएता पनि येशूमा सुख छ (२)
निर्बल नारीले पनि बलिदान दिन सक्छिन् (२)
परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छिन् (२)
सुन्दरता......॥
29
युवा आव्हान