Hymn 200
हन्नाको प्रार्थना सुन्नुहुने
01
हन्नाको प्रार्थना सुन्नुहुने
दानियललाई जवाब दिनुहुने
दाऊदलाई विजय दिनुहुने
हाम्रो परमेश्वर, हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर, हाम्रो पुकारा सुन्नुहुने
02
प्रार्थनामा टेक्छौं घुँड़ा आज
पोख्छौं बिलौना तपाईं अघि
सुनिदिनुहोस्, सुनिदिने
तपाईं बाहेक छैन कोही
तपाईं बाहेक हे परमेश्वर
हाम्रो छैन कोही.......
03
अय्युबको सुदिन फर्काउनुहुने
इज्राएलको साथ-साथ हिँड्नुहुने
अब्राहमलाई बोलाउनुहुने
हाम्रो परमेश्वर, हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर, हाम्रो पुकारा सुन्नुहुने ।
04
बुवा भनेर हामीलाई
चिनाउनुभो आफैलाई
मानिसको वास्ता गर्नु भई
आउनुभो आफै मानिस भई
तपाईंको प्रेममा बाहेक
आशा छैन कहीं
शद्रक मेशक अबेदनगो
सगँ आगोमा हिँड्नुहुने
मोशालाई मित्र भन्नुहुने।
हाम्रो परमेश्वर,
हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर,
हाम्रो पुकारा सुन्नुहुने
हन्नाको प्रार्थना सुन्नुहुने......॥