01
जीवनको स्वामी प्रभुलाई महिमा होस् सँधै,
म जब भुल्छु तपाईंलाई कलवरीमा डोहोऱ्याऊ ।
02
देखाऊ मलाई कबर उनको दूतगणले घेरेकै,
जहाँ यो मेरो ह्रदय लिई गर्छु अर्पण उनलाई ।
03
मरियमले कबरमा दान लिई तपाईंलाई खोजे थिई,
ह्रदयको दान लिई म पनि खोज्न सकुँ अनि ।
04
छु प्रभु बोक्नलाई तयार आफ्नो त्यो क्रूसको भार
गर्नेछु जीवन दुःख पार शक्ति देऊ तारणहार ।।