Hymn 197
हो शान्त, हे प्राण! तँ तिर प्रभु छन्,
01
हो शान्त, हे प्राण! तँ तिर प्रभु छन्,
दुःख शोकको आफ्नो क्रूस धीरजसँग बोक,
सब बन्दोबस्त ईश्वरकहाँ छोड़ी जा,
सब गतमा हुन्छन् उनी विश्वासी,
हो शान्त, हे प्राण! छन् तेरो स्वर्गे नाथ,
सुख धाममा लान्छन् तँलाई आफ्नो साथ।
02
हो शान्त, हे प्राण ! ईश्वरको छ गोहार,
भविष्यमा, बितेका दिनमा झैं,
आशा भरोसा कहिल्यै नछोड़,
अहिलेको भेदपछि हुन्छ प्रकाश,
हो शान्त, हे प्राण ! छन् ईश्वर तेरो साथ,
उनी हुन् सब परिस्थितिको नाथ ।