01
परमेश्वरलाई होस् धन्यवाद, चढ़ाउँदछौं आराधना-गान,
जसले यो मसिही झुण्डलाई, पहिऱ्याउँछन् मुकुट प्यारको साथ।
ChorusCh.
खुशीको साथ उभौं, एकचित्त आनन्दित होऔं,
हराएका दुःखितलाई, प्रभुमा ल्याउनलाई,
उद्देश्य हाम्रो यो कि येशू ख्रीष्टको त्याग,
सधैं प्रचार्ने छौं अनुग्रह वर्णन गर्नेछौं ।
02
हामी भेट्छौं एक भई यहाँ, प्यारमा बाँधी साथी-साथी,
हाम्रो विन्ती सुवासना भई, अनुग्रहसाथ ग्रहण गरियोस् ।
03
तपाईं प्रभु बालकको मीत, पग र पथमा हेरचाह गर्नोस्,
हजुरकै सामर्थी हातले, यो मसिही झुण्डलाई डोऱ्याउनोस् ।।