Hymn 195
यो हो हाम्रो यत्न, यो हो हाम्रो काम
01
यो हो हाम्रो यत्न, यो हो हाम्रो काम
निराशलाई आशा दिनु, एक्लोलाई संगत
हराएकोलाई खोज्नु पहाड़ पर्वतमा
पाई जिम्मा दिनु, येशूको खोरमा ।
02
हामी सबै मिली भलाई गर्नेछौं
लड़नेलाई उठाउँछौं, येशूको नाउँमा
मित्रहीन धनहीनलाई, मदत पुऱ्याउँछौं
यो हो हाम्रो यत्न, यो आदेश ख्रीष्टको
03
दुःख निश्चय हुन्छ, प्रभुको काममा
सुख पनि हुन्छ, येशूको नाउँमा
प्रभु सँग-सँगै हुन्छन्, हाम्रो दुःख सुखमा
यो हो हाम्रो यत्न, यो लक्ष्य हाम्रो ।
04
निराश हुने छैनौं, अघि बढ्नेछौं
क्रूसको लक्ष्य राखी, अघि बढ्नेछौं
क्रूसको लक्ष्य राखी, कतै नहेरी
बिध्न बाधा काट्दै, शैतानलाई जित्दै
यो हो हाम्रो यत्न, यो विश्वास हाम्रो।
05
अघि बढ्दै जान्छौं, ख्रीष्टको भर पर्दै
प्रतिज्ञा याद गर्छौ, उत्तम इनामको
सेतो वस्त्र पाउँछौं, स्वर्गीय भवनमा
येशू साथ बस्नेछौं अनन्त आनन्दमा।।