01
हे परदेश जाने लोग हे भनिन्छौं धन्यका,
ख्रीष्ट शिरैतिर जाँदै, ख्रीष्ट साथी साथमा ।
02
संसारको त्राणको लागि ख्रीष्टैको बाटोमा,
दुःखित र भोका हुँदै भनिन्छौं धन्यका।
03
जुन क्रूसलाई ख्रीष्टले बोके त्यो तिम्रो लागि थियो,
जुन काँड़े मुकुट लाए त्यो तिम्रो लागि थियो।
04
जुन विश्वासले ख्रीष्ट देख्छौं जुन आशा राख्दछौं,
जुन प्रेमले ख्रीष्टलाई हेर्छौं जब दुःखमा अल्झियौं।
05
यी के अगौटे होइनन् ख्रीष्ट कहाँ पुऱ्याउने,
यी आफै आफ मूल ज्योतिका किरण छोड़ी के।
06
जुन कष्ट र क्लेशले घेर्छन् जुन दुःख भोग्नु छ,
जुन बेहिसाब परीक्षा असाध्य यहाँ छ।
07
यी सबै ख्रीष्टको शोभा स्वर्ग माफिकका सिंगार
यी सबै एउटा लिस्नु उकाल्ने स्वर्गको द्वार।
08
हे धन्य, यात्री लोक हो होस् स्वर्गको सम्झना,
जहाँ थोरै दुःखको साटो धेर सुख छ प्रभु कहाँ ।