Hymn 192
बिर्सन्छौ कसरी पोहोरको साल यो घड़ी,
01
बिर्सन्छौ कसरी पोहोरको साल यो घड़ी,
मान्दैथ्यौं नयाँ साल यसरी ।
यति चाँड़ै त्यो साल आज बित्यो अनि,
शक्ति छैन केही त्यो साललाई थाम्ने एक पल पनि ।
ChorusCh.
समय छ समय छ भन्दैथियो,
थाहा नभई त्यो साल बितिगयो,
अब त्यो साललाई बिदा गरौं,
र अब पसी जाऊँ हामी नयाँ सालमा,
नयाँ सालैभरि हिँड्नलाई ईश्वरको अगुवाईमा ।
02
सम्झनुहोस् हे प्रिय हो जाँदो सालमा,
हामी थियौं कुन कुन दशामा ।
हाम्रो पाप अपराधको केही ख्याल नगरी,
ईश्वरले हाम्रो रक्षे गरे बितेको सालभरि ।
03
धन्यवाद चढ़ाऊँ हामी सब दानको लागि
र गरौं जीवन अर्पण उनलाई
लिई उनलाई साथमा बसी उनको आड़मा,
यो साल मात्र होइन यो जीवन लगाऊँ उनको जिम्मा ।
04
हे ईश्वर हाम्रो यो विन्ती सुनिलिनुहोस्
हाम्रो धन्यवाद ग्रहण गर्नुहोस् ।
हाम्रो जीवनमा दुःख कि सुख हवस्,
नछाड्नुहोस् हामीलाई कहिले सँधै-सँग राख्नोस् ।
05
अब बिदा लिऊँ हामीहरू प्रिय हो
गर्दै शुभकामना नयाँ सालको,
भेट्छौं कि भेट्दैनौं फेरि आउँदो सालमा,
भेट्नेछौं कहिले नछुट्ने गरी त्यो अनन्त घरमा।।
२७. ईश्वी यत्न एवम् पुरूष संगति