01
हे ईश्वर, अनन्तको उद्वार आशा भविष्यको
आँधी बतासमा हाम्रो आड अनन्त धाम हाम्रो।
02
दया तपाईंको छायामा निडर हामी बस्छौं
हातमा तपाईंको भरोसा राखी सुरक्षित छौं ।
03
जगको सृष्टिभन्दा अघि तपाईं हुनुहुन्छ
परमेश्वर अनादिदेखि अनन्त कालसम्म ।
04
हजार वर्ष एक क्षणजस्तो तपाईंको दृष्टिमा
बिलाउँछ जस्तै अँध्यारो सूर्यको ज्योतिमा ।
05
हे ईश्वर अनन्तको उद्धार आशा भविष्यको
दुःख शोकमा रक्षक हुनुहोस् अनन्त धाम हाम्रो ।।