01
ईश्वर पिताको दयामा बिते साल आशिष्,
धन्यवाद चढ़ाई उनको नाउँमा नयाँ सालमा अर्पण हौं,
स्तुति गाउँदै ख्रीष्ट ज्योतिको जसले बाटो देखाउँछ,
जय-जय स्तुति होस् त्यो प्रेमको जसले सबैलाई घेर्छ।
02
ख्रीष्ट तपाईंको निःस्वार्थ प्रेमको हामी गाउँछौ जय स्तुति
अर्पण गर्छौं हाम्रो संयम शक्ति सबै सम्पति,
प्रभु तपाईं प्रेमी साथी शरण तपाईंको पर्छौं
विश्वासी भई तपाईंमाथि भरोसा सँधै राख्छौं ।
03
दिन हुनेछ झन् झन् राम्रो दर्शन हुँदा प्रभुको,
हुन्छ हलुंग बोझा हाम्रो गोहार पाउँदा उनैको,
अलग्याउने छौं झण्डा प्रेमको र हामी अघि बढ्छौं,
स्वर्गको द्वार जब खोलिन्छ प्रभुकहाँ हामी पुग्छौं ।।