Hymn 185
हे प्रभु, सिद्ध प्रेम देखाउनु हुने,
01
हे प्रभु, सिद्ध प्रेम देखाउनु हुने,
हाम्रो यो प्रार्थना सुनिलिनुहोस्,
तपाईंले भर्खर एकसँग जोड़नुभाको,
यी दुई अन्तसम्म प्रेममा रहोस् ।
02
हे सिद्ध जीवन बिताउनुहुने ख्रीष्ट,
दुःख जब हुन्छ, पीड़ा कि अफशोस,
यी दुईलाई भरोसा, धीरज, ढ़ाढ़स,
विश्वास र संयमको आशिष् दिनोस् ।
03
सांसारिक दुःख उठाउन स्वर्गे आनन्द,
स्वर्गे मिलाप, झगड़ा मेटाउनलाई,
यिनैलाई दिनोस् मृत्यु भएपछि,
तपाईंको सामु सँग-सँग बस्नलाई ।
25
अभिषेक