Hymn 184
तपाईंको पवित्र प्रेममा, दुवैलाई एक बनाउनु होस्
01
तपाईंको पवित्र प्रेममा, दुवैलाई एक बनाउनु होस्
जीवनको हर दुःख-सुखमा, प्रभु साथ दिनुहोस्।
02
प्रभु तपाईंको साथ, दुवैलाई हिड़ाउनु होस्,
बाटो र सत्य जीवनलाई, अगाँल्दै जान सकोस्।
03
प्रभु तपाईंको वचन, ह्रदयमा भरी दिनुहोस्,
पारिवारिक जीवन यात्रामा, जय शक्ति दिनुहोस् ।
04
तपाईंको पवित्र डर, दुवैलाई दिनुहोस्,
पवित्र आत्माको तेलले, अभिषेक गर्नुहोस्।
05
धार्मिकताको बाटोमा, गोठालो भई दिनुहोस्,
तपाईंको भलाई, करूणा, जीवनमा रहिरहोस् ।।