01
जब पहिला विवाह भयो आदम र हव्वाको,
ईश्वर हाजिर हुनुभो विवाह आशीषित् भो।
02
आजको यो विवाहमा ईश्वर उपस्थित छन्,
दुलहा र दुलही दुईलाई आशीर्वाद दिनेछन्।
03
हे परमेश्वर यो दुलही दिँदैछौं दुलहालाई,
जसरी अघि हव्वा दिनुभो आदमलाई ।
04
प्रभु यी दुईको ह्रदय जोड़ी एक बनाउनुहोस्,
दुःख सुखमा प्रभु येशू कहिले न छाड्नुहोस्।
05
अँ, हे पवित्र आत्मा उत्रेर आउनुहोस्,
यी दुईमा सँधै मेल होस् प्रेमको आशिष् बर्सोस्।
06
बुराईदेखि बाँच्नलाई सहायता दिनुहोस्,
जब दुईले संसार छोड्छन् स्वर्गमा ठाउँ दिनुहोस्।।