Hymn 182
लिनोस् प्रभु यो जीवन, होस् तपाईंलाई बलिदान
01
लिनोस् प्रभु यो जीवन, होस् तपाईंलाई बलिदान
लिनोस् हरेक दिन र क्षण, सँधै स्तुतिमा बितुन् ।
02
लिनोस् मेरो हात प्रभु, लाउनोस् काममा तपाईंको,
लिनोस् मेरो पाउ प्रभु, आफ्नो पथमा हिँडाउनु।
03
लिनोस् मेरो स्वर प्रभु, तपाईंको बड़ाई गर्छु,
लिनोस् मेरो ओंठ प्रभु, होस् सुवचन भरेको।
04
लिनोस् मेरो धन प्रभु, सब तपाईंलाई बुझाउँछु,
लिनोस् बुद्धि-ज्ञान प्रभु, वशमा ल्याई तपाईंको ।
05
लिनोस् इच्छा हे प्रभु, आफ्नैसित मिलाउनु,
लिनोस् मन आफ्नै ठान्नुहोस्, तपाईंकै सिंहासन होस् ।
06
लिनोस् मेरो प्रेम प्रभु, चरणमा म खन्याउँछु,
लिनोस् तन-मन-धन प्रभु, ख्रीष्टकै लागि जिउनेछु।
24
पवित्र विवाह