Hymn 181
हे प्रभु, स्वर्ग र जगतका तपाईंको स्तुति महिमा,
01
हे प्रभु, स्वर्ग र जगतका तपाईंको स्तुति महिमा,
योग्य धन्यवाद असाद्धे छ, हे सर्वदाता।
02
घाम, हावा, फल-फूल र निरोग जस जस वरदानको गर्यो भोग,
ती सबका मानौं गुण सब लोग, हे ख्रीष्टदाता।
03
संसारको लागि दिनु भो दान आफ्नै एक्लो पुत्रको,
झन सबै थोक दिनु भयो, हे ख्रीष्टदाता ।
04
अझै दिनुहोस् आत्मादान र हवस् सब सच्चाईको ज्ञान,
बनाई दिई नयाँ मन, भई फलदाता ।
05
पाप मोचन पायौं प्राण उद्वार अनुग्रह रीत स्वर्गाधिकार,
योग्य साटो दिउँ कुन प्रकार, हे स्वर्गदाता।
06
हराइन्छ खर्च अपस्वार्थको जो दान तपाईंलाई चढ़ाउँला,
त्यो मात्र रहन्छ सदा, हे स्वर्गदाता ।
07
जुन धन चढ़ाउँला तपाईंलाई बढाइन्छ सय गुणा सय,
तपाईंकहाँ चढ़ाउँछौं रमाई, हे सर्वदाता ।
08
तपाईंले जीवन दिनु भो चढ़ाउँछौं बलि जिउँदो,
तपाईंको दानको साटो यो, हे सर्वदाता ।।